वैद्य र बादल समूहबीच एकताको विषयलाई लिएर पुनः विवाद

वैद्य र बादल समूहबीच एकताको विषयलाई लिएर पुनः विवाद

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौं, चैत्र २६
पहिलो संविधानसभाको विघटनपछि विभाजित भएको एकीकृत नेकपा माओवादी र नेकपा (क्रान्तिकारी) माओवादीबीच एकताको चर्चा चुलिएको छ । अहिले नै एकता गर्नुपर्छ भन्ने विचार राख्दै आएका वैद्य माओवादीका महासचिव रामबहादुर थापा बादल पक्षले बहुमतका लागि हस्ताक्षर अभियान नै सञ्चालन गरेपछि वैद्य माओवादीमा हङ्गामा मच्चिएको छ ।

तत्काल एकता गर्नुपर्छ भन्ने बादल समूह र एकताको लागि हतार गर्नु हुन्न भने वैद्य समूहको विवादले उग्ररूप लिँदा पुनः पार्टी विभाजनसम्म हुन सक्ने अनुमान गर्न थालिएको छ । बादल पक्षको यस्तो हस्ताक्षर अभियानलाई वैद्य पक्षले बुजुर्वा अहंकारको कार्यशैली भन्दै घोर आलोचना गरेपछि विवाद झन् चुलिएको हो । बादलले आन्तरिक तहमा एकताका लागि भन्दै केन्द्रीय समितिको बैठकको आरम्भमै १४ बुँदे नयाँ प्रस्ताव प्रस्तुत गरेका थिए ।

वैद्य पक्षले पार्टी एकताका लागि आफ्नो पक्ष पनि तयार रहेको तर विचार र कार्यदिशामा आफूले लिएको लाइन प्रचण्डहरूले मान्न तयार भए मात्र एकतामा जाने विचार राख्दै आएको छ ।

वैद्य माओवादीको केन्द्रीय समितिको बैठक गत चैत्र १२ गतेदेखि राजधानीमा सुरु भएको थियो । लगातार १० दिन चलेको बैठकमा बादल र वैद्य समूहबीच विवाद बढेपछि आन्तरिक गृहकार्यका लागि भन्दै केही दिनका लागि बैठक स्थगित गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ