संसदको निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्नेः ओली

संसदको निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्नेः ओली

  • शुक्रबार, चैत्र २६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाण्डौ, २६ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताउनु भएको छ ।

अखिल नेपाल किसान महासघंको छैटौँ महासम्मेलनको आज उद्घाटन कार्यक्रममा बोल्दै ओलीले दुई वर्षभित्रमा अर्को संसद्को निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने बताउननुभयो ।

‘आगामी दुई वर्षभित्र संसद्को अर्को निर्वाचन गरेर मात्रै सत्ता हस्तान्तरण हुन्छ, ओलीले भन्नुुभयो,  । प्रधानमन्त्री ओलीले कठिन परिस्थितिका बीच सरकारले राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै शीघ्र आर्थिक विकासको बेगमा आफूलाई हिँडाएको उल्लेख गर्नुभयो ।

ओलीले नयाँ बजेटमा देश विकासका थप योजना आउने उल्लेख गर्दै  अगाडि भन्नुभयो, ‘अब आउने बजेटमा थप विकासका आयोजना र ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ जस्ता कार्यक्रम अघि सार्ने तयारी भइराखेको छ ।’

आफ्नो पार्टीले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले अन्तर्रा्ष्ट्रिय सम्बन्धका क्षेत्रमा पनि नयाँ चरणमा मुलुकलाई लगेको दाबी पनि गर्र्नुभयो ।

मुलुकलाई एक वर्ष्भित्र खाद्यान्नमा आत्मनिर्भर गराई दुई वर्ष्भित्र निर्यात गराउन सक्ने गरी सरकार अघि बढेको बताउँदै पनि उहाँको भनाई छ । यस्तै कार्यक्रममा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्रि झलनाथ खनाल, माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेललगायतको उपस्थिति थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ