काठमाडौ २६ चैत्र । सर्बोच्च अदालतमा प्रधान न्यायाधिश नियुक्ति गर्ने विषयमा छलफल गर्न बसेको संवैधानिक परिषदको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेताको कार्यव्यस्तताका कारण बैठक केहीबेर मात्र बसेर स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।
सवैधानिक परिषदको बैठकले प्रधानन्यायधीश सहितकालाई सिफारीस गर्न ढिलाई गर्दा शुसीला कार्कीले कामु न्यायधीशको रुपमा मात्रै काम गर्नु पर्ने संभावना बढेको छ ।
नेता देउवा संसदीय दलको कार्यसमितिको निर्वाचनमा जानुपर्ने भएपछि भोलीसम्मका लागि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनु भयो ।
कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएसँगै संवैधानिक परिषदले पूर्णता पाएपछि आज बसेको थियो ।
वर्तमान प्रधानन्याधिश कल्याण श्रेष्ठले उमेरहदका कारण यसै साता अवकाश पाउने भए पछि वरिष्ठ न्यायाधिश सुशिला कार्कीलाई नियुक्ति गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो ।
संसदीय सुनुवाई समिति गठन नभएको तथा संवैधानिक परिषदले पूर्णता पाउन ढिलाई भएका कारण कार्कीको नाम हालसम्म सिफारिस हुन सकेको छैन ।
वर्तमान प्रधानन्यायाधिश श्रेष्ठले अवकाश लिएसंगै सर्वोच्चका वरिष्ठ न्यायाधीश सुशीला कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्नुहुनेछ ।