काठमाडौ २५ चैत्र । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । आज सकिने भनिए पनि झण्डै एक हजार मत गणना गर्न बाकी रहेका कारण भोली मात्र सकिने भएको हो । पछिल्लो परिणाम अनुसार शेर बहादुर केसीको प्यानल केही अग्रतामा छ ।
६७८१ मत गणना हुँदा सम्म केसिले ३१ सय ४७ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यसी वर्तमान अध्यक्ष विजयकान्त मैनालीले २ हजार ९ सय ७० मत पाउनु भएको प्रमुख निर्वाचन अधिकृत हरिकृष्ण निरौलाले जाकारी दिनुभयो । बाँकी १०७० मत भोली बिहान ९ बजेदेखि शुरु हुनेछ ।
पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । गत शनिबार सम्पन्न निर्वाचनमा कुल मतदाता सङख्या ९ हजार पाच सय २२ मध्ये सात हजार ८ सय ४५ मत खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline