मनाङलाई पराजित गर्दै आर्मी फाइनलमा

मनाङलाई पराजित गर्दै आर्मी फाइनलमा

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

झापा, २५ चैत्र ।

मनाङ–मर्स्याङ्दी क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब रमपम झापा गोल्डकप आमन्त्रण फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल राजवंशी रंगशालामा विहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङलाई १–० ले हराउँदै आर्मी उपाधिनजिक पुगेको हो ।

खेलको ११औं मिनेटमा अमित तामाङले प्रहार गरेकोे फ्रिकिकले जाली चुमेपछि आर्मी विजयी भएको हो । डि एरियाबाहिर पाएको फ्रिकिकमा तामाङको प्रहार नै निर्णायक गोलमा परिणत भयो ।

मनाङले अधिकांश समय खेललाई दबाबमा राखेपनि गोल गर्न भने असफल रह्यो । आर्मीका विश्व अधिकारी खेलको ‘म्यान अफ द म्याच’ घोषित भए ।

आर्मीले अब उपाधिका लागि आगामी शनिबार हुने फाइनलमा आयोजक झापा–११ को सामना गर्नेछ ।

विजेताले ६ लाख रुपैयाँ र उपविजेताले टोलीले तीन लाख रुपैयाँ जित्नेछन् । प्रतियोगितामा भारतका दुईसहित १० ओटा टिमको सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी