‘अक्षराङ्कन पद्धतीले विद्यार्थीमा आत्माविश्वास बढ्यो’

‘अक्षराङ्कन पद्धतीले विद्यार्थीमा आत्माविश्वास बढ्यो’

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

नुवाकोट, चैत २४ गते । यस वर्षदेखि एसएलसीमा सहभागी विद्यार्थीहरुको मूल्याङ्कनका लागि अपनाईएको अक्षराङ्कन पद्धतीले विद्यार्थीहरुमा आत्माविश्वास बढेको सरोकारवालाहरुले बताएका छन् । बुधबार एसएलसी परीक्षाको निरिक्षण गर्न रानीपौवास्थित भवानी उच्च मावि परीक्षा केन्द्र पुगेका शिक्षा मन्त्री गरिरामणि पोखरेलसँगको छलफलको क्रममा उनीहरुले यस्तो बताएका हुन् ।

परीक्षामा सामेल विद्यार्थीहरुको अवलोकनपछि सरोकारवाला अधिकारीहरुले मन्त्री पोखरेललाई उत्तर पुस्तिका निरक्षणमा अपनाईएको नयाँ विधिले विद्यार्थीहरुमा ‘नयाँ आत्मा विश्वास पैदा गरेको’ बताएका हुन् । मन्त्री पोखरेलले विद्यार्थीहरुमा नयाँ उत्साह भर्न अक्षराङ्कन पद्धती अपनाउने निर्णय गरिएको बताउनुभयो ।
नयाँ मूल्याङ्कन प्रणालीबारे कतिपय भ्रमपूर्ण कुराहरु पनि आईरहेको उल्लेख गर्दै मन्त्री पोखरेलले भन्नुभयो– कतिपय अवस्थामा एसएलसी फेल भएपछि आत्माहत्या गर्ने स्थितिको अन्त्य गर्न लेटर ग्रेडिङ (अक्षराङ्कन) पद्धती शुरु गरिएको हो । यसका लागि हामी अन्तर्राष्ट्रिय मान्यताको पूर्ण पालना गर्ने छौँ । जसका कारण विद्यार्थीहरुमा थप आत्मा विश्वास बढ्ने छ ।

जिल्लाको सम्पूर्ण परीक्षाको समन्वय गरिरहेका जिल्ला शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले प्राकृतिक विपत्तिका वाबजुद् विद्यार्थीहरु पूर्ण उत्साहका साथ परीक्षामा सामेल भइरहेको बताउनुभयो । ‘भूकम्पका कारण यस जिल्लामा विद्यार्थीहरुको पढाई निक्कै प्रभावित भएको थियो,’ शिक्षा अधिकारी खड्काले भन्नुभयो, ‘तथापी विद्यार्थीहरुमा कुनै हतासा वा डर देखिंदैन ।

मनोबल अन्य वर्षहरुको जस्तै उच्च देखिन्छ । उत्तरपुस्तिका जाँच गर्ने नयाँ विधिको कारण पनि विद्यार्थीहरुमा उत्साह देखिन्छ ।’
मन्त्रालयले यस वर्षदेखि विद्यार्थीहरुको लाब्धाङ्क पत्रमा प्रत्येक विषयको मूल्याङ्कन गर्दा अक्षराङ्कन पद्धती अपनाउने व्यवस्था गरेको छ । यो पद्धतीमा कुनै पनि विद्यार्थी पास वा फेल नभई उनीहरुले ल्याउने अङ्कको आधारमा ‘ग्रेड’ प्राप्त गर्ने व्यवस्था छ ।

‘अक्षराङ्कन पद्धतीले विद्यार्थीहरुमा फेल भइन्न भन्ने आत्मा विश्वास बढेको देखियो,’ जिल्लाको चार वटा परीक्षा केन्द्रको अनुगमन गरिरहनुभएको विद्यालय निरिक्षक सरिता पौडेलले भन्नुभयो, ‘सदाको जस्तो गेसपेपर वा अन्य ‘चीट’ विद्यार्थीले प्रयोग गरेको पाईएको छैन ।’
मन्त्रि पोखेरलसँग संवादको क्रममा विद्यालयका स्रोत व्यक्ति, अविभावक र शिक्षकहरुले पनि अक्षराङ्कन पद्धतीको कारण विद्यार्थीहरुमा ‘फेल भईएला कि’ भन्ने त्रास हटेको बताएका थिए ।

शिक्षा अधिकारी खड्काका अनुसार जिल्लामा कुल ६ हजार ९४ जना विद्यार्थीहरु एसएलसी परीक्षामा सामेल छन् । निरिक्षण गरिएको परीक्षा केन्द्र जिल्लाकै सवैभन्दा धेरै विद्यार्थी भएको विद्यालय भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लामाले बताए ।
यसैबीच मन्त्री पोखरेलले जलकुनीस्थित ओखरपौवा माविको पनि निरिक्षण गर्नुभएको थियो ।

सो अबसरमा विद्यालयका प्रध्यानाध्यापक पुस्कर मानन्धर र बलराम फुयाँलले विद्यालयका लागि शिक्षक दरबन्दी थप गरिदिन तथा भूकम्पले भत्किएको विद्यालय भवनका लागि निर्माणमा सहयोग गरिदिनेलगायतको माग राख्दै लिखित निवेदन दिएका दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी