वर्तमान सरकार पूर्ण रूपमा असफल : सद्भावना सह–अध्यक्ष कर्ण

वर्तमान सरकार पूर्ण रूपमा असफल : सद्भावना सह–अध्यक्ष कर्ण

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, चैत्र २५
सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भएको भन्दै तत्काल राजीनामाको माग गरेका छन् ।

राजधानीमा आज आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘जनतालाई सास्ती दिने बाहेक यो सरकारले केही नयाँ काम गरेको छैन, समग्रमा यो सरकार असफल भएको छ, नैतिकताका आधारमा पनि तत्काल राजीनामा दिनुपर्छ ।’

प्रधानमन्त्री ओलीले हाँस्यव्यङ्ग गर्न बाहेक केही गर्न नजानेको आरोप लगाउँदै नेता कर्णले एक हप्ताभित्र सहमति नगरे बैशाख पहिलो साताभित्रै आन्दोलन गर्ने चेतावनी दिए ।

उनले भने, ‘चैत्र मसान्तसम्मको समय हामीले दिएका थियौं तर आजसम्म सरकारले कुनै चासो देखाएको छैन, अब बैशाखबाट हामी आन्दोलन छेड्छौं ।’ अब हुने आन्दोलन मधेशमा मात्रै केन्द्रित नभएर हिमाल र पहाडमासमेत हुने उनले जानकारी दिए ।

आफूहरूले आन्दोलन स्थगित गरेको महिना दिन बित्दा पनि जनताले सास्ती व्यहोर्नु परिरहेको उल्लेख गर्दै वर्तमान सरकार आफैँ कालोबजारी, माफिया र कमिसनखोरमा लागि परेको आरोप समेत लगाए । आन्दोलनको सुरुवात काठमाडौंबाट गर्ने तय भइसकेको भन्दै यसपटक नाकामा धर्ना दिने कार्यक्रम नभएको उनको दाबी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ