काठमाडौ २५ चैत्र । कंग्रेस संसदीय दलको कार्यसमिति चयनका लागि भोली हुने निर्वाचनका लागि ४२ जनाले उम्मेद्धारी दिएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहान ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । जस अनुसार ४२ जनाको उम्मेद्धारी परेको हो ।
उम्मेद्वारको अन्तिम नामावली भने साँझ साढे ५ बजे प्रकाशन गरिने समिति सदस्य गुरु घिमिरेले जानकारी दिनु भयो । संशोधित विधान अनुसार समावेशी समानुपातिक सिद्धान्तका आधारमा २२ जना सदस्य चयन हुनेछन् ।
हिजो भएको निर्वाचनमा रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति शेरबहादुर देउवा दलको नेतामा विजयी भइसक्नु भएको छ ।
कार्यसमितिको निर्वाचनका लागि भोली विहान ९ देखि १२ बजेसम्म बिद्युतिय प्रणालीबाट मतदान गर्ने कार्यतालिका रहेको कंग्रेसले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline