काठमाडौं, चैत्र २५/विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको नयाँ फिफा वरियता क्रममा नेपालले आफ्नो स्थान सुधार गरेको छ ।
नयाँ वरियताअनुसार नेपाल ६ स्थान माथि उक्लिँदै एक सय ७९ औँ स्थानमा पुगेको छ । सार्क राष्ट्रमा नेपालभन्दा माथि अफगानिस्तान ४ स्थान माथि उक्लिँदै १४७ औँ, माल्दिभ्स दुई स्थान तल झर्दै १६० औँ, भारत दुई स्थान तल झर्दै १६२ औँ, स्थान परिवर्तन नभएको बंगलादेश १७७ औँ स्थानमा छ ।
नेपालभन्दा तल भुटान (१८६ औँ), श्रीलंका (१८७ औँ) र पाकिस्तान (१९० औँ) स्थानमा रहेको छ । विश्व वरियतामा शीर्ष स्थानमा अर्जेन्टिना पुगेको छ भने बेल्जियम दोश्रो स्थानमा झरेको छ । त्यस्तै तेश्रोमा चिली, चौंथोमा कोलम्बिया, पाँचौंमा जर्मनी, छैठौंमा स्पेन, सातौं स्थानमा ब्राजिल, आठौंमा पोर्चुगल, नवौंमा उरुग्वे र दशौंमा इङ्गल्याण्ड रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline