काठमाण्डौ ,२५ चैत ।
आईसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।
नामिवियाबिरुद्ध आगामी बैशाख ४ र ६ गते किर्तिपुरमा हुने च्याम्पियनसिपका लागी पारस खड्काको कप्तानीमा घोषित टोलीमा ज्ञानेन्द्र मल्ल, सागर पून, राजु रिजाल,नरेश बुढाऐर र शरद भेषवाकर परेका छन् ।
त्यस्तै विनोद भण्डारी, सोमपाल कामी, बसन्त रेग्मी, शक्ति गौचन र करण केसीले पनि टिममा स्थान बनाएका छन् ।
यसैबर्ष बंगलादेशमा सम्पन्न अण्डर नाईण्टिन विश्वकपमा उत्कृष्ट खेल प्रर्दशन गरेका सन्दिप लमिछाने , दिपेन्द्र सिहं ऐरी र प्रेम तामाङ पनि राष्ट्रिय टोलीमा परेका छन् ।
त्यस्तै सुशान भारी, राजेश पुलामी, विक्रम सोव र अनिल मण्डललाई वैकल्पिकको सूचिमा राखिएको हो । राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा कप्तान खड्का र प्रशिक्षक जगत टमाटा सहितको टोलीले टीम घोषणा गरेको हो ।