उपत्यकामा आज घोडेजात्रा पर्व मनाइदै

उपत्यकामा आज घोडेजात्रा पर्व मनाइदै

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ २५ चैत्र । काठमाडौ उत्यकामा आज घोडेजात्र पर्व मनाइदैछ । हरेक वर्ष चैत कृष्ण औंसीका दिन यो पर्व मनाउने गरिन्छ । घोडे जात्राको अवसरमा नेपाली सेनाले राजधानीको सैनिकमन्च टुंडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत नेपाल सरकारका उच्च पदाधिकारी तथा नेपालस्थित विभिन्न कुटनितिक नियोगका व्यक्तित्वहरुको सहभागिता रहने छ ।

पर्वका अवसरमा सेनाले घोडा दौड, शारीरिक व्यायाम, जिम्नाष्टिक, अश्वकला, मोटरसाईकल खेल तथा युद्धकलाको प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी छ ।

यस्तै उपत्यकाका नेवार समुदायले आजका दिनलाई पिशाच चतुर्दर्शीका रुपमा पनि मनाउने गर्दछन् । ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ ।

प्राचीनकालमा गुरुमापा नामक राक्षसले बालबालिका खाएर दुःख दिएपछि तान्त्रिकको सल्लाहमा स्थानीय बासिन्दाले उक्त राक्षसलाई समातेर टुँडिखेलको बीचमा लगेर गाडेको र त्यस राक्षसको शक्ति क्षीण गर्न शक्तिको प्रतीक घोडालाई दौडाउने गरिएको किंवदन्ती छ ।

नेवार समुदायले मनाउने ठुलो चाड ”पाहाचह्रे” अर्थात साथि भाई मिलि हर्सौल्ल्हास संग मनाउने यो चाड लाई प्राकृतिक उपद्रोह र रोग व्यादी महामारी सुरुभो भन्ने संकेत स्वरूप हरेक बर्ष चैत्र चतुर्दशी देखि ३ दिन सम्म मानिन्छ l साथै हावा हुरी ,बर्षात शुरु हुने मौसम सुरु हुने भएको ले आफ्नो घरको छत बाध्ने र वरपर सर सफाई गरि मनाउने यो चाडमा विषेस गरि पुर्खा देवता [ अजिमा द्य ; ] को रुपमा भद्र काली , कंकेश्वरी , वटुटोल मा रहेको चामुण्डा लगाएत देवीको खत जात्रा हुने गर्दछ l

पर्वका अवसरमा सरकारले उपत्यकामा आज सार्वजनिक बिदा समेत दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ