संसदको नियमावली निर्माणका लागि आज मतदान हुदै

संसदको नियमावली निर्माणका लागि आज मतदान हुदै

  • बिहिबार, चैत्र २५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौ २५ चैत्र । व्यवस्थापिका संसदको नियमावली निर्माणका लागि आज मतदान हुदैछ । नियमावली निर्माणमा दलहरुबीच विवाद देखिएपछि मतदान मार्फत टुङ्ग्याउने तयारी भएको हो ।

नियमावलीका लागि तयार पारिएको ७४ वटा प्रश्नमा आज मतदान हुने संसद सचिवालयले जनाएको छ । मस्यौदा समितिमा आएका सुझावलाई समेटेर ७४ ओटा प्रश्नवली तयार गरिएको समितिले जनाएको छ ।

यद्यपी सहमति भइसकेका विषयमा समेत प्रश्न निर्माण गरिएको भन्दै समितिकै केही सदस्यले असन्तुष्टी जनाएका छन् । प्रश्नवली माथि मतदान अघि आज थप छलफल हुने समिति सदस्य कृणभक्त पोखरेलले जानकारी दिनुभयो ।

नियमावली मस्यौदा उपसमितिले संसदीय सुनुवाइ समितिले दुई तिहाईले अस्वीकृत गरे सम्बन्धीत व्यक्तिको प्रस्ताव बदर हुने व्यवस्था रहेको छ ।

मतदानका लागि आज अपरान्न ३ बजे नियमावली मस्यौदा समितिको बैठक बोलाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ