चैत्र २५ काठमाण्डौं । क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठक आज पुनः बस्दै छ ।
यस अघि १० दिन सम्म चलेको बैठकमा अध्यक्ष मोहन बैद्य र नेता राम बहादुर थापा बादलको प्रस्तावमाथि १ सय ६६ जना केन्द्रीय सदस्यले धारणा राखे पछि ती सबै सुझावहरुलाई समेटेर बैद्यले आजको बैठकमा नया प्रस्ताव पेश गर्ने सो पार्टीका नेताहरुले जनाएका छन् ।
आजको बैठक कुपण्डोलमा बिहान ११ बजेका लागि बोलाईएको छ । बैठकमा पार्टी एकताको विषयलाई लिएर तीव्र मतभेद देखा परेको छ ।
बैद्य सहितका नेताहरु कार्यदिशा सहित सिद्धान्तनिष्ठ एकताको पक्षमा छन् भने बादल सहित अन्य नेताहरु कार्यदिशाको बहस थाती राखेर पार्टी एकता गर्नु पर्ने पक्षमा उभिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline