काठमाडौ २४ चैत्र । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ ।
मतगणना अहिले सर्बोच्च अदालतको परिसरमा भइरहेको छ । हालसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक समुहका तर्फबाट अधिवक्ता शेरबहादुर केसीको प्यानलले अग्रता लिएको छ ।
गणना अनुसार केसीले ७ सय ५१ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यसी वर्तमान अध्यक्ष विजयकान्त मैनालीले ५ सय ९७ मत पाउनु भएको छ ।
पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । गत शनिबार सम्पन्न निर्वाचनमा कुल मतदाता सङख्या ९ हजार पाच सय २२ मध्ये सात हजार ८ सय ४५ मत खसेको थियो ।
मत परणाम भोली साँझसम्ममा सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ । त्यसका लागि आज मतगणना केन्द्र समेत थप गरिएको छ ।
आठ ओटा निर्वाचन केन्द्र रहेकोमा ४ ओटा थप गरी १२ ओटा बनाइएको प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौलाले जानकारी दिनुभयो ।