काठमाण्डौं ,२४ चैत्र । नेपाली कॉग्रेसको संसदीय दलको नेता चयनका लागि अहिले मतदान भइरहेको छ । पार्टी संसदीय दलको कार्यलय सिंहदरबारमा जारी मतदान दिउँसो २ बजे सकिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुदैछ । दुवै उम्मेद्वारले मतदान गरिसक्नु भएको छ । विहान ११ देखि अपरान्ह २ बजेसम्म मतदानको समय तोकिएको छ । केहीबेर अघिसम्म ६० जनाले मतदान गरिसकेको निर्वाचन समितिले जनाएको छ ।
मतदान विद्युतीय प्रणालीका आधारमा हुने भएकाले आजै मतपरिणाम सार्वजनिक हुने समितिले जनाएको छ ।
काग्रेसमा कुल २ सय ७ सासदहरु रहेका छन् । देउवाको पक्षमा बहुमत सासदहरु रहेकाले उहा दलको नेता बन्ने लगभग निश्चित भएको काग्रेस नेताहरुले बताएका छन् ।
पौडेल पक्षका फर्मुल्लाह मन्सुर सहित दर्जन बढी सासदले पनि देउवालाई नै समर्थन गर्ने भएपछि देउवको जीत सुनिश्चित बनेको हो ।
एक महिनाअघि पार्टी सभापति पदका लागि भएको निर्वाचनमा देउवासँग पराजित हुनु भएका पौडेल, पुनः देउवासँगै दलका नेताका लागि प्रतिष्पर्धा गर्न लाग्नु भएको हो ।
पौडेलले लोकतन्त्र र मधेश समस्या समाधानका लागि आफूले उम्मेद्धारी दिएको दावी गर्नु भएको छ ।