चैत्र २४ काठमाण्डौं । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको सन्दर्भमा सबै भन्दा बढी प्राथमिकतामा राखेको खुलासा भएको छ ।
बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी भित्र एमाओवादीसग‘ एकता गर्ने विषयमा विवाद परीरहेका बेला प्रचण्डले भने विप्लवसग‘ एकता भए राम्रो हुने भन्दै आफू निकटका केही नेताहरुसग‘ चर्चा गरेको बुझिएको छ ।
प्रचण्डले नेत्र विक्रम चन्द विप्लवसग‘ एकता भएमा स्वत महासचिव पद दिने र अन्य पदहरु मिलाएर लैजान सकिने बताउने गरेको समेत बुझिएको छ ।
केही समय अघि बैद्य माओवादीका एक दर्जन बढी र विप्लव माओवादीका पनि आधा दर्जन केन्द्रीय सदस्यहरुले अलग अलग रुपमा आफूलाई भेटेर पार्टीमा आउन चाहेको भनेर प्रचण्डले बैद्यलाई जानकारी गराएका थिए ।
प्रचण्डले युद्धकालमा आफ्नै सचिवालयमा बसेर काम गरेका चन्दलाई नै पार्टी एकतामा ल्याउदा पार्टी सुदृढ हुने, युवा नेता विप्लवको सांगठनिक क्षमता पनि रहेको र माओवादीहरुबीचको अलग धारको समेत अन्त्य भएर पार्टी बलियो हुने निष्कर्षका साथ एकतामा जोड दिएको बताईएको छ ।
क्रान्ति र विद्रोहको कुरा गरीरेका बिप्लव आएमा , वैद्यहरु स्वत आउने , बाबुराम भट्टराईले माओवादी छाडि सकेको र यस्तो अवस्थामा अब एक कार्यकाल माओवादी शक्ति केन्द्रको रुपमा आफूलाई उभ्याउने र एक पटक प्रधानमन्त्री बने पछि राष्ट्रपति हुने सोचमा दाहाल रहेको उनी निकट स्रोतको दावी छ ।
प्रचण्डले निकट भविष्यमा चीन भ्रमण गरेर आए पछि पार्टी एकताको लागि विप्लवलाई प्रस्ताव गर्न सक्ने बताईएको छ ।
प्रचण्डको चीन भ्रमणको एकीन मिति भने तय भएको छैन । दाहालले छुट्टा छुट्टै भेट्न गएका हरुलाई भने एक दुई जना भन्दा पनि पार्टी मिलाएर लैजानु राम्रो हुने भन्दै सानो सानो समुहमा नलिने आशय व्यक्त गरेका थिए ।