काठमाडौ २४ चैत्र । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज पनि जारी छ ।
मतगणना बिहान ८ बजेबाट सर्बोच्च अदालतको परिसरमा सुरु भएको छ । हालसम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक समुहका तर्फबाट अधिवक्ता शेरबहादुर केसीको प्यानलले अग्रता लिएको छ ।
२५ सदस्यीय नयाँ कार्यसमितिका लागि मुलुकभर ३३ केन्द्रमा मतदान भएको थियो । बारको नयाँ नेतृत्वका लागि चार जना अध्यक्षका प्रत्यसी चुनावी मैदानमा रहेका छन् ।
पदाधिकारी सहित २५ नयाँ कार्यसमितिका लागी ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा कुल मतदाता सङख्या ९ हजार पाच सय २२ मध्ये सात हजार ८ सय ४५ मत खसेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline