नयाँ वर्ष ०७३ सालमा सार्वजनिक बिदाको संख्या घट्यो

नयाँ वर्ष ०७३ सालमा सार्वजनिक बिदाको संख्या घट्यो

  • बुधबार, चैत्र २४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौं, चैत्र २४
आउँदो बुधबारबाट नयाँ वर्ष विक्रम सम्वत् २०७३ साल सुरु हुँदै छ । उक्त नयाँ वर्षमा केही चाड पर्व र दिवस प्राय शनिबार नै परेकाले सार्वजनिक बिदाको संख्यासमेत घटेको छ । पर्व, दिवस, जात्रा, जयन्ती, महान् चाड दशैं, तिहारका बिदा केही जुधेको र केही शनिबारको दिन परेकाले बिदाको संख्या घट्न गएको हो । २०७३ सालमा शनिबारसहित एक सय दुई वटा सार्वजनिक बिदा परेका छन् ।

तर, कतिपय चाड र दिवस पनि शनिबार नै परेकाले बिदा घट्ने भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए । ‘केही चाडपर्व एकैदिन परेको र केही शनिबार परेकाले सार्वजनिक बिदा घट्ने भएको हो ।’ उनले भने ।

२०७३ सालमा सबैलाई मिल्ने सार्वजनिक बिदामा सात दिन शनिबारै परेको छ । यो वर्ष ५२ वटा शनिबार परेका छन् । यो वर्ष उपत्यकाको हकमा थप चार र महिलाका लागि थप तीन वटा बिदा रहेका छन् ।

२५ फागुनमा पर्ने महिला दिवसको बिदा सबैलाई दिइएको छ । ११ बैशाखमा दिँदै आएको लोकतन्त्र दिवसको बिदा असोज ३ मा जारी गरिएको संविधान दिवसका लागि दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ