काठमाण्डौं चैत्र २४ । नेपाली कॉग्रेसको संसदीय दलको नेता चयनका लागि आज मतदान हुदै छ । मत परिणाम पनि आजै आउने छ ।
विद्युतीय मतदान प्रणालीका आधारमा निर्वाचन गरिने भएकाले मत परिणाम करीब आधा घण्टामै आउने निर्वाचन समितिले जनाएको छ ।
चुनावमा सभापति शेर बहादुर देउवा र नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुदै छ । निर्वाचन बिहान ११ बजे पछि शुरु भई २ बजे सक्ने लक्ष्य राखिएको छ । काग्रेसमा कुल २ सय ७ सासदहरु रहेका छन् ।
देउवाको पक्षमा बहुमत सासदहरु रहेकाले उहा दलको नेता बन्ने निश्चित देखिएको काग्रेस नेताहरुले बताएका छन् ।
पौडेल पक्षका फर्मुल्लाह मन्सुर सहित दर्जन बढी सासदहरु देउवाको कित्तामा गए पछि देउवको जीत सुनिश्चित बनेको हो । पौडेलले लोकतन्त्र र मधेश समस्या समाधानका लागि आफूले उम्मेद्धारी दिएको दावी गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline