कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया आजदेखि सुरु

कांग्रेस संसदीय दलको नेता चयनको प्रक्रिया आजदेखि सुरु

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाडौं, चैत्र २३
नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आजबाट प्रक्रिया सुरु हुने भएको छ । आज उम्मेदवारी दर्ता हुँदैछ । संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ताका लागि बिहान ९ बजेदेखि मध्यान्ह १२ बजेसम्मको समय निर्धारण गरिएको छ । निर्वाचन समितिकाअनुसार उम्मेदवारको पहिलो चरणको नामावली प्रकाशन साढे १२ गरिनेछ ।

यस्तै उम्मेदवारको दरखास्त उपर दाबी विरोधका लागि साढे १२ बजेदेखि १ बजेसम्मको समय निर्धारण गरिएको छ । उम्मेदवारको दोश्रो नामावली प्रकाशन दिउँसो साढे १ बजे गरिनेछ । दलको नेताको उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो २ बजे गरिने संयोजक रमेश रिजालले जानकारी दिएका छन् ।

अन्तिम नामावली प्रकाशनपछि भोलि बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्म संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । यसपटक संसदीय दलको नेताको निर्वाचन विद्युतीय माध्यमबाट गरिने छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिस्पर्धा गर्ने भएका छन् । संसदीय दलको कार्यसमितिको निर्वाचन भने चैत्र २६ गते हुने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ