भ्रष्टाचार र कर छलेर कमाएको सम्पत्ति विदेशमा यसरी पठाईदैछ  ? 

भ्रष्टाचार र कर छलेर कमाएको सम्पत्ति विदेशमा यसरी पठाईदैछ  ? 

  • मङ्लबार, चैत्र २३, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, चैत २३ । नेपालमा भ्रष्टाचार तथा कर छलेर कमाएको सम्पत्ति विदेशमा लुकाउने क्रम तीब्र देखिएको छ । स्वदेशी–विदेशी कम्पनी संचालक तथा लगानीकर्ताले राजनीतिक संक्रमणको फाइदा उठाउँदै जुटाएको अकुत आम्दानी विदेश पुर्‍याएका हुन् ।

अनुसन्धान पत्रकारको संस्था इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिज्म (आइसीआइजे) ले आइतबार सार्वजनिक गरेको दस्तावेजमा विश्वका विभिन्न ‘ट्याक्स हेभन’ मा कालो धन थुपार्नेमा सात नेपालीसमेत छन् ।

आइसिआइजेले आठ महिनाको अनुसन्धानपछि मध्य अमेरिकाको पानामास्थित कर छलीको पैसाबाट कम्पनी स्थापना गर्ने ल फर्म ‘मोसाक फोन्सिका’ को दस्तावेज सार्वजनिक गरेको हो । दस्तावेजमा शक्तिशाली राजनीतिज्ञ, कलाकार तथा व्यापारी गरी विश्वका १२८ जनाले गरेका गोप्य आर्थिक कारोबारको विस्तृत विवरण छ ।

                                             स्रोत:नागरिक दैनिक 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ