बैद्य माओवादी फुटको संघारमा !

बैद्य माओवादी फुटको संघारमा !

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

चैत्र २२ काठमाण्डौं । माओवादी निरन्तर विभाजनले जनतामा व्याप्त अविस्वास र गुनासाहरुका बीच मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी पुनः विभाजनको संघारमा पुगेको छ ।

सो पार्टीको जारी केन्द्रीय समितिको बैठकका क्रममा अध्यक्ष बैद्य र नेता राम बहादुर थापा बादलले प्रस्तुत गरेको अलग अलग दस्तावेजको पक्ष र विपक्षमा मत प्रकट भए पनि प्रचण्ड नेतृत्वको माओवादीसग‘ पार्टी एकता गर्ने कि नगर्ने भन्ने एजेण्डाकै कारण पार्टी विभाजन हुने देखिएको हो ।

राम बहादुर थापा सहित एक पक्षका नेताहरु विना शर्त पार्टी एकता गर्नु पर्ने पक्षमा उभिएका छन् भने बैद्य सहित करीब ६० प्रतिशत बढी नेताहरु कार्यदिशामा सहमति नभए सम्म एकताको औचित्य नहुने भन्दै तत्काल पार्टी एकता गर्न नहुने पक्षमा देखिएका छन् ।

स्रोतका अनुसार बादल सहित उनी पक्षधर नेताहरु बैद्यकै नेतृत्वमा पार्टी एकता गर्नु पर्छ भनेर बोले पनि भित्र भित्रै उनीहरुले अलग्गै छलफल र बैठक गर्ने गरेका छन् । बादल पक्षमा भनेर उभिएका कुल प्रसाद केसी सोनामले त अझ बादल नगए आफूहरु मात्रै भए पनि एमाओवादीमा जाने समेत भनेर चेतावनी दिन थालेको बुझिएको छ ।

त्यस्तै पम्फा भुषालले पनि कतिपय नेतासग‘ अब बैद्य सग‘ एउटै पार्टीमा बस्न नसकिने अवस्था आएको बताएको बताईएको छ । एक नेताका अनुसार पार्टी एकताको विषयमा वार्ता समिति बनेर केही समय रोकिए मात्रै अन्यथा बैद्य दक्षिणपन्थी शसोधनबादीसग‘ आत्मसमर्पण गर्न नचाहने र बादल सहितका नेताहरु एकता नभए औचित्य सकिने भन्ने विषयमा तीव्र मतभेद देखिएका कारण पार्टी विभाजन निश्चित जस्तो देखिएको हो ।

यदी यो माओवादी पनि विभाजन भए अब माओवादी नेताहरुको नेतृत्वमा विभाजित पार्टीको संख्या ८ वटा पुग्ने छ । यस विषयमा २४ गते बस्ने सो क्रान्तिकारी माओवादीको बैठकमा स्पष्ट संकेत आउन सक्ने नेताहरुले बताएका छन् ।

उता एमाओवादी पनि बैद्य सहितको एकता गर्न लागि परेको तर त्यसो नभए बादल सहितका आउने नेतालाई स्वागत गर्न तयार रहेको सो पार्टीका नेताहरुले बताएका छन् ।

प्रचण्डलाई फेरी घेरा हाल्न उतै जाने ?
सो पार्टीको बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य कुशल लिम्बुले चर्किर भने अब कार्यदिशा सबै बिषयमा पार्टी एकता गरे पछि प्रचण्डलाई फेरी घेरा हालेर सुधार गरौला तर एकता नगरी हुन्न भनेर बोले पछि अन्य नेताहरु छक्क परे ।
उनले थप यसरी भने “ पार्टी एकता नगर्ने हो भने हाम्रो कोचिला अब अलग्गिन्छ ” । अर्थात आफू सहितका नेताहरु अलग्गिने सम्मको चेतावनी उनले दिए ।
यस्तै माया प्रसाद शर्माले आशु नै खसाएर एकता नभए सराप लाग्ने सम्मको शब्द प्रयोग गरेका थिए भने पूर्ण घर्तीले बैद्य नै छदम सशोधनवादी भएको तर्क गरेका थिए ।
प्रचण्ड पक्षका एक नेताले भने बैद्य माओवादी भित्र उठेको विषय रोमाञ्चक नाटक जस्तो रहेको उहाहरु आउन चाहनु भएमा पार्टीमा ल्यान सकिने तर प्रचण्डलाई घेरा हाल्ने जस्तो शब्द प्रयोग हास्यास्पद रहेको टिप्पणी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी