चैत्र २२ काठमाण्डौं । एक्टीङ, पोलिटिक्स,बैबाहिक जीवन समग्र हिशाबमा चर्चित नायिका रेखा थापाले एउटा ठूलो सपनाको रुपमा तयार पारेको फिल्म राम प्यारी यही चैत्र २६ गतेबाट रिलिज हुदै छ ।
रेखा थापा निकै शसक्त महिलाको रुपमा चिनिन्छिन् । उनी प्रायः झुक्ने या डराउने खालको सामान्यतया लाग्दैन मानिसहरुलाई ।
१५ वर्षदेखि फिल्म छेत्रमा लागेकी उनले निकै फिल्म बनाई पनि सकेकी छन् ।
अब उनले ठूलो सपना बुनेर आमा सरस्वती थापालाई निर्माता राखेर बनाएको फिल्म राम प्यारीले कस्तो बजार लिने हो त्यसका लागि चैत्र २६ गते सम्म कुर्नै पर्छ तर रेखा थापाले यसको प्रमोसनमा राम्रो खटिएको देखिएको छ ।
उनी कहिले मजदुरको कार्यक्रममा पुग्छिन् , कहिले समुदायहरुको कार्यक्रममा पुग्छिन् त कहिले मिडियामा अन्तरवार्ताको भ्याई नभ्याई बनेको छ उनलाई ।
उनी आफ्नै अनुभव र कथामा आधारीत फिल्म बनेकाले पनि प्रमोसनमा अहोरात्र खटिएकी हुन् । रेखा थापालाई फिल्म सफलताको लागि शुभकामना ।
्
