काठमाडौ २२ चैत्र । पार्टी संसदीय दलको निर्वाचनका विषयमा छलफल गर्न नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक केहिबेरपछि पार्टी संसदीय दलको कार्यलय सिंहदरबारमा बोलाइएको छ ।
आजको बैठकमा पर्सि हुने दलको निर्वाचनको तयारीका विषयमा छलफल हुने नेता तीर्थराम डंगोलले जानकारी दिनु भयो । दलका नेताका लागि पार्टी सभापति शेरबहादुर देउवा तथा वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैले उमेदवारी दिने तयारी गर्नुभएको छ ।
दलका नेता सर्वसम्मत रुपमा चयन गर्ने प्रयास असफल भएपछि पौडेल र देउवा दुवैले उमेदवारी दिने तयारीमा हुनुहुन्छ ।
आजको बैठकमा पौडेल पक्षधर सांसदहरुले एक व्यक्ति एक पदको निति अवलम्बन गर्न सभापतिलाई आग्रह गर्ने तयारी गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline