काठमाडौ २२ चैत्र । यसवर्षको एसएलसी परीक्षाको चाथो दिन आज बिज्ञान विषयको परीक्षा सन्चालन भइरहेको छ ।
यसवर्षको परीक्षा विगतमा भन्दा निकै शान्तिपूर्ण रुपमा सन्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।
परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी छन् । जसमा नियमित तर्फ चार लाख ५२ हजार आठ सय ८१ तथा आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना रहेका छन् ।
यस्तै प्राविधिक तर्फ तीन हजार दुई सयजना परीक्षार्थी सामेल छन् । आगामी चैत्र २९ गतेसम्म सन्चालन हुने परीक्षाका लागि देशभर एक हजार ९ सय ४३ वटा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी सहित जम्मा ७२ हजार ८ सय ९६ जना जनशक्ति खटिइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद काप्रीले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline