चार बल,चार छक्का जसले एकलाई रुवायो अर्कोलाई हसायो

चार बल,चार छक्का जसले एकलाई रुवायो अर्कोलाई हसायो

  • सोमवार, चैत्र २२, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

भारतमा सम्पन्न टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधी वेष्ट ईन्डिजले जीतेको छ । यो जीतको सर्वाधीक सम्झनलायक र बिर्सन लायक अन्तिम चार बल र चार छक्का बनेको छ ।

वेष्ट ईन्डिज शुरु देखि नै धर्मराएको थियो । उ हारको नजिक पुगेको थियो । अन्तिम ६ बलमा १९ रनको आवस्यकता थियो उसलाई ।
यस्तोमा ईङल्याण्डका कप्तान ईयोन मोर्गानले बेन स्टक्सलाई बलिङको जिम्मा दिए । फाष्ट बलर स्टकले फ्याकेको पहिलो बलमा कार्लोस ब्रेथवेटले अविस्वसनीय छक्का प्रहार गरे ।

त्यस पछि दोस्रो बलमा पनि छक्का प्रहार गरे । त्यस पछि समर्थकहरु निराश देखिए । स्वयं बलर स्टक्स तनावमा आए । अन्तिममा ४ बलमा एक रन चाहिएको थियो ।

ईङल्याण्डका समर्थकहरु प्रार्थना गरिरहेका थिए कि क्रमश तीन बलमा विकेट झरोस् ।
स्वयं बलर स्टक निराश बनेका थिए । वेष्ट ईन्डिजका खेलाडीहरु जीतको खुसी मनाउन टच लाईनमा आईसकेका थिए ।

त्यस्तो बेला चौथो बल स्टकले फ्याके र त्यो पनि सिधै छक्कामा परिणत भए पछि वेष्ट ईन्डिजका खेलाडीहरु लियोपार्ड पेसको शैलीमा मैदानमा दगुरे अनि ईङल्याण्डका खेलाडीहरु आखा तल पार्दे थचक्क भुईमा बसेर कतिपय रुन थाले ।
धेरै समर्थकले ईङल्याण्डले जीतेर पनि हारेको भन्दै असन्तुष्टी पोखे ।
यसले क्रिकेट खेलको अविस्वसनीय परिणामको संभावनालाई फेरी पनि संभव छ भन्ने देखाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी