चैत्र २० एजेन्सी । भारतमा सम्पन्न टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधी वेष्ट ईन्डिजले जीतेको छ ।
कोलकत्ताको ईडेन गार्डेनमा ईङल्याण्डमाथि ४ विकेटको सनसनीपूर्ण जीत निकाल्दै उसले उपाधी तेस्रो पटक उचालेको हो ।
टस हारेर व्याटीङ गरेको ईङल्याण्डले मध्यम प्रदर्शन गर्दै जीतका लागि वेष्टईन्डिजलाई १ सय ५६ रनको चूनौती दिएको थियो ।
त्यसको जवाफमा उत्रिएको वेष्ट ईन्डिजको पनि शुरुवात निकै खराब थियो । उसले १ रनमा ओपनर चाल्र्सलाई गुमायो भने अर्का भरपर्दा खेलाडी क्रिस गेल पनि ४ रनमा आउट भए ।
त्यस पछि सिमोन्स शुन्य रनमा आउट भए पछि संकटमा परेको अवस्थामा वेष्ट ईन्डिजलाई जीतको दिशामा अघि बढाउन मार्लोन सामुयल्सले ठूलो भूमिका खेले । उनले ६६ बलमा ८५ रन जोड्दै टिमलाई जीतको मुखमा पुर्याए ।
त्यस पछि ब्राभो २५ , रसेल १ र कप्तान ड्यारेन सामी २ रनमा आउट भए पछि ब्याटीङमा आएका ब्राथाईटले विष्फोटक ब्याटीङ गर्दै १० बलमा ३४ रन जोडे पछि वेष्ट ईन्डिजले लक्ष्य २ बल बाकी छदै ६ विकेट गुमाएर पुरा गर्यो । ब्राथाईटले अन्तिम ओभरमा १९ रन चाहिएको अवस्थामा चार बलमा लगातार छक्का प्रहार गरेका थिए ।
ईङल्याण्डले पुरै २० ओभरमा ९ विकेट गुमाएर मात्र एक सय ५५ रन बनायो ।
ईङल्याण्डका ओपनर जे जे रोय शुन्य रनमा आउट भए पछि दवावमा आएको टिमका लागि जोई रुट र बटलरले पारी उकासे पनि उल्लेख्य रन जोड्न सकेनन् ।
रुटले ५४ तथा बटलरले ३६ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यान सस्तैमा आउट भए । विल्लेले २१ रन जोडे भने स्टक १३ रनमा आउट हुदा जोर्डन १२ रनमा अवीजीत रहे ।
ईङल्याण्डलाई सस्तैमा समेट्ने क्रममा वेष्ट ईन्डिजका वेन र ब्राभोले सर्वाधीक तीन तीन विकेट लिए भने बद्रीले २ तथा एडी रसेलले एक विकेट लिएका थिए ।
यस्तै ईङल्याण्डका जे भिल्लेले ३ तथा जोई रुटले २ विकेट लिएका थिए ।

