चैत्र २० एजेन्सी । भारतमा जारी टी ट्वेन्टी विश्वकप क्रिकेटको उपाधीका लागि अहिले ईङल्याण्ड र वेष्टईन्डिजबीच खेल जारी छ ।
टस हारेर व्याटीङ गरीरहेको ईङल्याण्डले कमजोर प्रदर्शन गर्दै जीतका लागि वेष्टईन्डिजलाई १ सय ५६ रनको सामान्य चूनौती दिएको छ । ईङल्याण्डले पुरै २० ओभरमा ९ विकेट गुमाएर मात्र एक सय ५५ रन बनायो ।
ईङल्याण्डका ओपनर जे जे रोय शुन्य रनमा आउट भए पछि दवावमा आएको टिमका लागि जोई रुट र बटलरले पारी उकासे पनि उल्लेख्य रन जोड्न सकेनन् ।
रुटले ५४ तथा बटलरले ३६ रन बनाउनु बाहेक अन्य ब्याटस्म्यान सस्तैमा आउट भए । विल्लेले २१ रन जोडे भने स्टक १३ रनमा आउट हुदा जोर्डन १२ रनमा अवीजीत रहे । ईङल्याण्डलाई सस्तैमा समेट्ने क्रममा वेष्ट ईन्डिजका वेन र ब्राभोले सर्वाधीक तीन तीन विकेट लिए भने बद्रीले २ तथा एडी रसेलले एक विकेट लिएका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline