चैत्र २० काठमाण्डौं । सरकारले पटक पटक सीमित ट्रेड युनियनसग‘ मात्र परामर्श गरी ट्रेड युनियनको निर्वाचन तोकेको भन्दै चार वटा संगठनहरुले आज प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा तालाबन्दी गरेका छन् ।
नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेशी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले सीमित टे«ड युनियनलाई मात्रै समेटेर बैशाख १० गतेलाई चुनाव सारेको भन्दै निर्वाचन अधिकृत गीता प्रसाद तिमल्सिनालाई निकालेर उनको कार्यकक्षमा ताला लगाईएको चार वटै संगठनका प्रवक्ता प्रवास शाहले जानकारी दिनु भयो ।
प्रवक्ता शाहले आफूहरुको माग सवोधन नगरी ताला जबरजस्ती खोलिए शसक्त आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
सरकरको यो निर्णय चुनाव नगराउने षड्यन्त्र भएको शाहले दावी गर्नु भयो ।
ट्रेड युनियन समावेशी चरित्रको हुनु पर्ने , २० प्रतिशत थ्रेसहोल्ड राख्न नहुने जस्ता माग ती संगठनहरुले राखेका छन् ।
