चार कर्मचारी संगठनद्धारा ट्रेड युनियन निर्वाचन अधिकृतको कार्यलयमा तालाबन्दी

चार कर्मचारी संगठनद्धारा ट्रेड युनियन निर्वाचन अधिकृतको कार्यलयमा तालाबन्दी

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

चैत्र २० काठमाण्डौं । सरकारले पटक पटक सीमित ट्रेड युनियनसग‘ मात्र परामर्श गरी ट्रेड युनियनको निर्वाचन तोकेको भन्दै चार वटा संगठनहरुले आज प्रमुख निर्वाचन अधिकृतको कार्यलयमा तालाबन्दी गरेका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, मधेशी निजामति कर्मचारी मञ्च, राष्ट्रसेवक कर्मचारी संगठन र राष्ट्रिय कर्मचारी संगठनले सीमित टे«ड युनियनलाई मात्रै समेटेर बैशाख १० गतेलाई चुनाव सारेको भन्दै निर्वाचन अधिकृत गीता प्रसाद तिमल्सिनालाई निकालेर उनको कार्यकक्षमा ताला लगाईएको चार वटै संगठनका प्रवक्ता प्रवास शाहले जानकारी दिनु भयो ।

प्रवक्ता शाहले आफूहरुको माग सवोधन नगरी ताला जबरजस्ती खोलिए शसक्त आन्दोलन गर्ने चेतावनी दिनु भयो ।

सरकरको यो निर्णय चुनाव नगराउने षड्यन्त्र भएको शाहले दावी गर्नु भयो ।

ट्रेड युनियन समावेशी चरित्रको हुनु पर्ने , २० प्रतिशत थ्रेसहोल्ड  राख्न नहुने जस्ता माग ती संगठनहरुले राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी