कोलकाता, २१ चैत
भारतमा जारी महिला विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटको उपाधि वेष्ट इन्डिजले जितेको छ ।
कोलकातामा आइबार सम्पन्न फाइनलमा वेष्ट इन्डिजले तीन पटकको च्याम्पियन अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।
पहिले ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा एक सय ४८ रन बनाएको थियो । भिलानी र लानिङ्गले समान ५२ रन जोडे । जवाफमा वेष्ट इन्डिजले ३ बल खेल्न बाँकी छँदै २ विकेटको क्षतिमा विजय हासिल र्गयो ।
पहिलो विकेटका लागि कीर्तिमानी एक सय २० रनको साझेदारी गर्ने क्रममा हेले म्याथ्युजले ६६ तथा स्टेफेनी टेलरले ५९ रन जोडिन् । वेष्ट इन्डिजले पहिलो पटक विश्वकप जितेको हो ।
यसैबीच ,आजै पुरुषतर्फको पनि विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल हुँदैछ । उपाधिका लागि वेष्ट इन्डिज र इङ्ल्याण्ड भिड्दैछन् । वेष्ट इन्डिजको महिला टिमले हासिल गरेको उपाधि पुरुष टिमका लागिसमेत प्रेरणा बनेको छ ।