बन्यजन्तुको अंग शुरक्षित राख्न संसदीय समितीको निर्देशन 

बन्यजन्तुको अंग शुरक्षित राख्न संसदीय समितीको निर्देशन 

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाण्डौ, २१ चैत्र ।

ब्यावस्थापिका संसद अन्तरगतको वातावरण संरक्षण समितिले बन्यजन्तुको अंग प्रत्यङगलाई ब्यावस्थित रुपमा राख्न सरोकारवाला पक्षलाई निर्देशन दिएको छ ।

समितीले सरकारी संरक्षणमा रहेको ती बन्यजन्तुको अंग प्रत्यङग सडेर पहिचान हुन नसक्ने अवस्थामा रहेका कारण व्यवस्थित र शुरक्षित राख्ने भनेको हो ।

समितिले संरक्षण केन्द्रलाई सुरक्षित राख्न आवश्यक कानुन, अत्याधुनिक भवन, प्रशोधनशाला, वारकोड प्रयोगका लागि पर्याप्त बजेट उपलब्ध गराउन सरकारलाई समेत निर्देशन दिएको छ ।

समितिले शसस्त्र प्रहरी बनरक्षक तालिम केन्द्र, चितवन राष्ट्रिय निकुन्ज, टिकौलि र कसरामा रहेका अखेटोपहरा संरक्षण केन्द्र लगायतका निकायलाई बन्यजन्तुको अंग प्रत्यङगलाई सुरक्षीत राख्न निर्देशन दिएको छ ।

मुलुकका विभिन्न स्थानमा रहेका संरक्षण केन्द्रको अनुगमनपछि सो केन्द्रहरुमा हाल रहेका अखेटोपहार कुहिएको तथा सडेकाले तिनको संख्या, तौल र आकार समेत नबुझीने अवस्थामा रहेको समितिले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ