मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २१ चैत्र ।  

काठमाडौंको स्वयम्भूमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

राजधानीको टंकेश्वरबाट ठमेल तर्फ जाँदै गरेको बा ३० प ४५५० नम्बरको मोटरसाइकल अनियन्त्रित सडक पेटीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक कलंकीका २८ वर्षीय शैलेन्द्र रिजाल र पछाडि बस्ने २९ वर्षीय सोनु रिजाल रहेको महानगरिय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

मोटरसाइकलमा तीन जना सवार थिए । दुर्घटनामा घाईते भएका २० वर्षीय अनिस रिजालको वीर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ