काठमाण्डौ ,२१ चैत ।
बिद्यार्थी संगठनहरुले आज संयुत्त रुपमा कालोबजारी र महङगीको बिरुद्ध देशभर बिरोध प्रदर्शन गर्दै छन् ।
यसअघि नै घोषणा गरेको आन्दोलनका कार्यक्रम अन्तरगत आज देशका सबै जिल्ला सदरमुकामहरुमा बिरोध प्रदर्शन गर्न लागिएको नेविसंघका नेता युपि लामिछानेले बताउनु भयो ।
बजारमा अहिले भईरहेको कालोबजारी तथा महङगीका कारण सर्वसाधारण जनता मारमा परेको भन्दै बिद्यार्थी संगठनहरुले एक सातादेखि आन्दोलनका कार्यक्रमहरु गर्दै आएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline