रियल मड्रिडद्धारा बार्सिलोना पराजित

रियल मड्रिडद्धारा बार्सिलोना पराजित

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ ,२१ चैत्र ।
स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले बार्सिलोनालाई पराजित गरेको छ । रियल मड्रिडले बार्सालाई उसैको मैदान नाउक्याम्पमा २–१ ले हराएको हो ।

५६ औं मिनेटमा जेरार्ड पिकेले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ६२ औं मिनेटमा करिम बेन्जिमाले रियलका लागि बराबरी गोल फर्काए ।

८३ औं मिनेटमा कप्तान सर्जियो रामोस दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भयो । तर त्यसको दुई मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले रियलका लागि गोल गरे र २–१ को जित दिलाए ।

यो सिजन समग्रमा एक सय तीन गोल गरेका बार्सिलोनाका लियोनल मेस्सी, लुइस स्वारेज र नेइमारले खेलमा एउटा पनि गोल गर्न सकेनन् ।

जितपछि तेस्रो स्थानको रियलको ३१ खेलबाट ६९ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको ७६ अंक छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी