टि ट्वान्टि विश्वकप क्रिकेटको उपाधिका लागी वेष्टईन्डिज र ईङल्याण्ड भिड्दै

टि ट्वान्टि विश्वकप क्रिकेटको उपाधिका लागी वेष्टईन्डिज र ईङल्याण्ड भिड्दै

  • आइतवार, चैत्र २१, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

चैत्र २१ एजेन्सी ।

भारतमा जारी आईसीसी टि ट्वेन्टी वल्र्ड कपको उपाधिका लागि आज वेष्ट ईन्डिज र ईङल्याण्डबीच प्रतिस्पर्धा हुदै छ ।

साझ सवा ७ बजे कोलकत्ताको ईडेन गार्डेनमा हुने खेलमा जीत हात पार्नेमा दुवै टिमको दाबी छ ।

वेष्टईन्डिजले बलियो प्रतिद्धन्दी भारतलाई ७ विकेटले हराउदै फाईनल यात्रा तय गरेको थियो भने ईङल्याण्डले न्यूजील्याण्डलाई पाखा लगाउदै उपाधी यात्रा तय गरेको थियो ।

आज वेष्ट ईन्डिज र ईङल्याण्ड जसले उपाधि जितेपनि उसका लागी दोस्रो जित हुने छ । यी दुई टोलि पूर्व विजेता हुन् ।

ईङल्याण्डले सन् २०१० मा क्यारेबियन भूमिमा उपाधि जितेको थियो भने वेष्टईण्डिज दुई बर्ष पछि श्रीलंङकामा टि ट्वान्टिको विश्व च्याम्पियन बन्यो ।

यी दुई टिम यसअघि पनि आमनेसामने भईसकेकाले आजको फाईनल खेल निक्कै रोमान्चक र आक्रामक हुने देखिएको छ । उद्घाटन खेलमा पनि वेष्ट ईन्डिज र ईङल्याण् नै भिडेका थिए।

वेष्टईन्डिजका कप्तान ड्यारेन सामीले क्यारेबियन क्रिकेट समर्थकहरुलाई खुसी पार्न आफ्नो टिम सक्षम रहेको बताएका छन् ।

त्यस्तै ईङल्याण्डका कप्तान ईयोन मोरगानले पनि आफ्नो टिम जीतको नजिक रहेको धारणा राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी