माओवादी नेताले पार्टी बनाउन मात्र सिकेका रहेछन् ?

माओवादी नेताले पार्टी बनाउन मात्र सिकेका रहेछन् ?

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

चैत्र २० काठमाण्डौं । शनिबार माओवादीका पूर्व नेता हेमन्त प्रकाश ओली सुदर्शनले कम्युनिष्ट न्युक्लियस घोषणा गरेका छन् । उनले सबै क्रान्तिकारी कम्युनिष्टहरुको केन्द्र बन्ने विषयमा दावी प्रस्तुत गरे । तर उनी भन्दै थिए कम्युनिष्टहरुमा एकीकरण हुनु पर्छ । उनले दाङमा घोषणा गरेको यो पार्टी समेत गर्दा माओवादी जनयुद्ध पछि बनेका पार्टीहरुको संख्या सात पुगेको छ ।

प्रचण्ड नेतृत्वको एकीकृत माओवादी, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, बाबुराम भट्टराई नेतृत्वको नया शक्ति अभियान, नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादी, मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी, मात्रिका यादवको नेकपा माओवादी, हेमन्त प्रकाश ओली नेतृत्वको कम्युनिष्ट न्युक्लियस नेपाल गरी माओवादी नेताहरुले अगुवाई गरेको पार्टीको संख्या सात पुगेको हो ।

जनयुद्धको मुल्य, उपलव्धि आदि विषय देखाउदै माओवादी विभाजित हुदै आउदा हाल माओवादी शक्तिहीन जस्तो बन्दै गएको छ ।
प्रचण्ड नेतृत्वको माओवादी संसदको तेस्रो शक्तिमा खुम्चिएको छ भने अन्य माओवादीलाई राष्ट्रिय राजनीतिमा ठूलो स्थान दिईएको छैन । विप्लव माओवादीले क्रान्ति गर्ने भनिरहे पनि त्यो प्रतिक्षाको विषय बनेको छ ।
समग्रमा माओवादी यो वा त्यो बहानामा विभाजन हुदा जनस्तरमा भने माओवादीले ठूलो क्षति व्यहोरेको छ ।
माओवादीको हातमा न त संसद न त जनशक्ति सबै गुम्ने खतरा रहेकाले सबै माओवादी मिल्नु पर्ने तर्क पनि केही कार्यकर्ताहरुले चलाउदै आएका छन् । पटक पटकको पार्टी विभाजनले जनताहरु माओवादी नेताले पार्टी बनाउन मात्र जानेका रहेछन् कि क्या हो भन्दै चिन्ता गर्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी