नेपाल बार एशोसिएसनको निर्वाचन सम्पन्न

नेपाल बार एशोसिएसनको निर्वाचन सम्पन्न

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौ, २० चैत्र । कानुन व्यवसायीहरुको छाता संगठनन नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।

जम्मा ९ हजार ५ सय २२ जना मतदाता रहेकामा काठमाण्डौ उपत्यकामा मात्रै झण्डै ४ हजार ४ सय ९६ मत खसको अधिवक्ता बाबराम दाहालले जानकारी दिनुभयो । अन्य क्षेत्रबाट भोली साँझसम्म मतपेटिका काठमाण्डौ आईपुग्ने अधिवक्ता दाहालले जनाउनु भयो ।

आज बिहान ८ बजेदेखि सुरु भएको मतदानमा उद्योगमन्त्री समेत रहनु भएका अधिवक्त सोमप्रसाद पाण्डेले पहिलो मत खसाल्नु भएको छ । देशैभरीका ३३ ओटा केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको थियो । आगामी नेतृत्वका लागि चार जना अध्यक्षका प्रत्यसी चुनावी मैदानमा रहेका छन् ।

यद्यपी चार जना मैदानमा भएपनि मूख्य रुपमा दुई समूहबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । लामो समयदेखी बारमा नेतृत्व गर्दै आएको लोकतान्त्रिक समुह र प्रगतिशिल समुहबीच नै यसपटक पनि कडा प्रतिस्पर्धा हुने देखिएको हो ।

बृहत लोकतान्त्रिक कानुन व्यवसायीको समुहबाट अधिवक्ता शेरबहादुर केसी र बृहत प्रगतिशील पेसागत राष्ट्रवादी तथा गणतान्त्रिक कानुन व्यवसायी समुहबाट अधिवक्ता बिजयकान्त मैनाली प्रतिस्पर्धामा उत्रिएका छन् ।

यस्तै पहिचान एवं संघियतावादी समुहबाट अधिवक्ता मनोहर साह र कानुन अध्यन समाज नेपालका तर्फबाट अधिवक्ता रामप्रसाद प्रजापति पनि अध्यक्षको प्रतिस्पर्धामा हुनुहन्छ ।

पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमितिका लागी ७१ जनाको उम्मेद्वारी परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ