क्रान्तिकारी माओवादीसंग एकताका लागी एमाओवादी गम्भीर दखिएन : गजुरेल 

क्रान्तिकारी माओवादीसंग एकताका लागी एमाओवादी गम्भीर दखिएन : गजुरेल 

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २० चैत्र । नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेलले माओवादीहरुबीच एकता हुन आवश्यक भएपनि नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने अवस्था आउन नहुने बताउनु भएको छ ।
काठमाण्डौको संवाद डबलीमा भएको सिन्धुली–काठमाडौं सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा सो धारणा रा्ख्नु भएको हो ।

क्रान्तिकारी माओवादी पार्टीको नौ दिनदेखि चलिरहेको केन्द्रीय समितिको बैठकमा बोल्ने हरेक सदस्यहरुले क्रान्तिका निम्ति माओवादी शक्तिहरुबीच एकता हुनुपर्ने कुरामा जोड दिएको बताउँदै गजुरेलले भन्नुभयो “सिद्धान्तबिनाको एकता नवसंशोधनवादी र प्रतिक्रान्तिकारीको पिछलग्गु हुने र सो एकता हस्यास्पद हुन्छ ।”

गजुरेलले पार्टी एकताका लागि चलिरहेको छलफलमा एकीकृत माओवादी मात्र नभएर सबै क्रान्तिकारी कम्युनिष्टसंग एकता गर्न कसैको विरोध नरहेको बताउनु भयो ।

उहाँले एकीकृत नेकपा माओवादीसँग एकता हुन्छ या हुँदैन भन्ने कुरा पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्नपछि मात्रै निश्चित हुने भएपनि एमाओवादी त्यति गम्भीर नभएकोले एकता नहुने सम्भावना देखिएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ