वीरगञ्ज घोषणापत्र जारी गर्दै राप्रपा नेपालको विस्तारित बैठक सम्पन्न

वीरगञ्ज घोषणापत्र जारी गर्दै राप्रपा नेपालको विस्तारित बैठक सम्पन्न

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २० चैत्र ।
वीरगञ्ज  घोषणापत्र जारी गर्दै राप्रपा नेपालको केन्द्रिय कार्यसमितिको विस्तारित बैठक आज सकिएको छ ।

केहिदिन यता विरगन्जमा जारी बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनमाथि बाँकी रहेका सदस्यहरुले धारणा राखेपछि घोषणा पत्र जारी गर्दै बैठक सक्काएको पार्टी प्रवक्त मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

विरगन्जमा तीन दिनसम्म चलेको बैठकमा प्रतिवेदनमाथि धारणा राख्ने अधिकांश सदस्यले सरकारमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना गरेका थिए ।

यस्तै पार्टीको संगठन विस्तार गर्दै हिन्दु राज्य र संवैधानिक राजतन्त्रको मुद्धा स्थापित गर्न पहल गर्नुपर्नेमा पनि सदस्यहरुको जोड थियो । यसअघि हिजोको बैठकले पार्टी सहअध्यक्ष केशरबहादुर विष्टलाई निलम्बन गरेको थियो ।

पार्टी हित विपरित गतिविधिमा संलग्न रहेको भन्दै सहअध्यक्ष विष्टलाई तीन वर्षका लागि साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको सहप्रवक्ता श्रेष्ठले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी