काठमाण्डौ, २० चैत्र ।
एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले विदेशीको हस्तक्षेप स्वीकार्य हुन नसक्ने बताउनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभाको ललितपुरमा आज उद्घाटन गर्दै खनालले भन्नुभयो, ‘नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्ने बाह्य देशको भूमिका हामीलाई स्वीकार्य छैन ।’ ‘घरभित्रको समस्या घरकै सदस्यले समाधान गर्ने हो ।
लामो समयको प्रयासपछि नेपाली जनताले पाएको संविधान विश्कै उत्कृष्ट रहेको उल्लेख गर्दै उनले संविधान जारी भएको दिन युरोपियन युनियनले स्वागत गरेको तर हालै मात्र प्रेस विज्ञप्तिमार्फत त्यसको घुमाउरो विरोध गर्नु आश्चर्यजनक भएको बताउनुभयो ।
संविधानले नयाँ राजनीतिक पद्दति, नयाँ लोकतान्त्रिक गणतन्त्र अर्थतन्त्र, नयाँ सामाजिक पद्दति तथा नयाँ पुँजीवादलगायत महत्वपूर्ण विषयको परिकल्पना गरेको उहाँको भनाई छ ।
संविधानले परिकल्पना गरे अनुसार स्थानीय, प्रादेशिक र राष्ट्रियस्तरको निर्वाचन भएमा मात्र राजनीतिक पद्दतिको विकास हुने बताउँदै नेपाल दुई शक्तिराष्ट्रको बीचमा रहेकोले उनीहरुबाट लाभ लिनसक्ने खालको योजना बनाउनुपर्नेमा उहाँको जोड छ ।