काठमाडौं, २० चैत्र ।
आज ५९ औं राष्ट्रिय सहकारी दिवस, मुलुकभर सहकारी क्षेत्रमा कार्यरत संघ संस्थाले विविध कार्यक्रमको आयोजना गरी मनाउदै छन् । दिवसको यस वर्षको नारा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी भन्ने तय गरिएको छ ।
विसं २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।
नेपालमा हाल विभिन्न विषयगत तथा बहुउद्देश्यीय गरी झण्डै ३४ हजार सहकारी संस्था रहेको तथ्यांक छ । रोजगारी सिर्जना, गरिबी न्युनिकरण र देशको ग्राहस्थ उत्पादन तथा राजस्व संकलनमा सहकारी क्षेत्रको योगदान उल्लेखनीय छ ।
तर यस क्षेत्रलाई थप व्यवस्थित, मर्या्दित र सुरक्षित बनाउनुपर्ने आवाज उठ्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline