काठमाण्डौ,२० चैत्र ।
नेकपा (क्रान्तिकारी माओवादी)को केन्द्रीय समिति बैठकमा आज पनि सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।
राज्यसमिति कार्यलय कुपन्डोलमा बिहान ११ बजेदेखि सुरु हुने आजको बैठकमा पनि अध्यक्ष मोहन वैद्य र नेता रामबहादुर थापाले प्रस्तु गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।
बैठकमा हिजो सम्म १ सय ३५ जनाले धारणा राखिसकेका छन् ।
त्यसमा करिब ७६ जना जतिले अध्यक्ष वैद्यको प्रतिवेदनमा समर्थन जनाएका छन् भने करिव ४४ जनाले नेता थापको पक्षमा धाराण राखेका छन् ।
जारी बैठकमा केही केन्दीय्र सदस्यले स्वतन्त्र रुपमा धाराणा राखेका छन् ।
बैद्य पक्षधरले सैद्धान्तिक र कार्यदिशाका आधारमा पार्टी एकता गर्नु पर्ने धारणा राखेका छन् भने थापा पक्षधरले निरपेक्ष रुपमा एकता गर्नु पर्नेमा जोड दिएका छन् ।
पार्टी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सिद्धान्त, विचार र कार्ययोजनासहित एकता गर्नुपर्ने दस्तावेज बैठकमा प्रस्तुत गर्नुभएको थियो भने महासचिव रामबहादुर थापा ‘बादल’ ले विना सर्त तत्काल एकता गर्नुपर्ने मतसहितको फरक दस्तावेज बैठकमा पेश गर्नु भएको थियो ।