बालिका बलात्कार गर्न खोज्ने धरान धरान प्रहरीद्धारा प्रक्राउ गरि सार्वजनीक

बालिका बलात्कार गर्न खोज्ने धरान धरान प्रहरीद्धारा प्रक्राउ गरि सार्वजनीक

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

धरान/घरमा सुतिरहेकी १२ वर्षिया बालिकालाई रातको समयमा बलात्कार गर्न खोज्ने धरान–२७ पट्नालीका २५ वर्षे सुजन माझीलाई प्रहरीले पक्राउ गरेको छ ।
रातको २ बजे सुतिरहेकी बालिकालाई माझीले कोठामा प्रवेश गरी मुख थुनेर बलात्कार गर्न खोजेका थिए । अरुलाई भनेमा मारिदिन्छु भन्दै उनले जबर्जजस्ती करणी गर्न खोज्दा बालिका चिच्याए पछि घरका अरु मान्छेले थाह पाएका थिए । हल्लाखल्ला गर्दा सुजन माझी भागेका थिए ।

पीडितले घटनाबाट त्रसित भई प्रहरीमा उजुरी दिएका थिए । उजुरी पश्चात खोजतलास गर्दा काठमाण्डौं बुढानिलाकण्ठबाट नेपाल प्रहरीले चैत्र १७ गते पक्राउ गरेको छ । पक्राउ परेका माझीलाई चैत्र १८ गते नै इलाका प्रहरी कार्यालय धरानमा ल्याई कार्बाही अगाडि बढाएको प्रहरी नायब उपरीक्षक (डिएसपी) ढकेन्द्र खतिवडाले जानकारी दिनु भएको छ ।
पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय धरानले म्याद थप गर्दै आवश्यक अनुसन्धान सुरु गरेको छ । करिव ६ वर्ष अघि पनि एक महिलामाथि बलात्कार तथा सुन लुटपाट गरेर गाउमै मिलापत्र गरेका माझी यसपटक भने प्रहरीबाट उम्किन सकेनन् ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी खतिवडाले पक्राउ परेका माझीलाई जबरजस्ती करणी अन्तर्गत कारबाही अगाडि बढाइने जानकारी दिनुभयो । माझीले बलात्कार गरेको ठहरेमा मुलुकी ऐन जर्वजस्ती करणी महलको धारा १४ अनुसार ८ देखि १२ वर्षसम्म जेल सजायको पाउने र पीडित बालिकालार्ई उचित क्षतिपूर्तिसमेत दिनु पर्ने कानुनी प्रावधान रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ