सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक एपिएफलाई

सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक एपिएफलाई

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, १९ चैत्र । सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि आयोजक एपिएफले जितेको छ ।

राजधानीमा आज भएको फाइनलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविक विजेता एफिएफले उपाधि रक्षा गरेको हो ।

एपिएफले लगातार तेस्रो पटक प्रतियोगिताको उपाधी हात पार्ने क्रममा पुलिसलाई २५–८, २५–२३ र २५–२० को स्कोरले पाखा लगायो । उपाधि विजेता टोली एपिएफले २ लाख ५० हजार रुपैयाँ हात पार्दा उपविजेता पुलिसले १ लाख २५ हजार रुपैयाँमै चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एपिएफ्की उसा बिष्टले स्कुटर हात पार्दा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी