नेपाल बार एशोसिएसनको निर्वाचन आज

नेपाल बार एशोसिएसनको निर्वाचन आज

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ, २० चैत्र । नेपाल बार एसोसिएसनले नयाँ नेतृत्वको लागि आज निर्वाचन हुदै छ ।
बारको नयाँ नेतृत्व चयनका लागि आज बिहान ८ देखि ४ बजेसम्म देशका विभिन्न ठाउँका मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
चुनावमा मुख्य गरी बाम प्रगतिशिल प्यानलको रुपमा विजय कान्त मैनाली र अर्को प्रजातान्त्रिक प्यानलको रुपमा शेर बहादुर केसीबीच चुनावमा मुख्य प्रतिस्पर्धा हुने छ ।
बारको चुनावका लागि ९ हजार ५ सय २५ जना मतदाता छन् भने नयाँ नेतृत्वका लागि ७१ जना चुनावी प्रतिस्पर्धामा छन् । प्रमुख निर्वाचन अधिकृत हरिशंकर निरौलाले निर्वाचनको सबै तयारी सकिएको जानकारी दिनु भयो ।
नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भने चैत २४ गतेदेखि थालिने छ । यसैबीच मैनाली नेतृत्वको गठबन्धनले चुनाव आफूहरुले जीत्ने दावी गरेको छ ।
ठूलो गठबन्धन र स्पष्ट भोटमा बहुमत देखिसकेको यस गठबन्धनका उम्मेद्धारहरुले दावी गरेका छन् ।

५ सय भन्दा बढी मत आफूहरुको रहेको यो समुहको दावी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ