काठमाण्डौ, १९ चैत्र । सरकारले स्थानीय निकायको निर्वाचनको तयारीका लागि कानून संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले स्थानीय निकाय निर्वाचन कार्य्विधि ऐन ०४८ लाई संशोधन गर्नका बनेको विधेयकलाई संसदमा प्रस्तुत गर्नको निम्ति सम्बन्धित समितिमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताउनु भयो ।
त्यस्तै नयाँ संविधानमा उल्लेख भएका संबैधानिक आयोगहरु गठनसम्बन्धी विधेयक तर्जुमाका लागि मन्त्रिपरिषद बैठकले सैद्धान्तिक सहमति प्रदान गरेको राईले बताए ।
सरकारले युरोपेली युनियन र भारतबीच बिहीबार जारी भएको संयुक्त वक्तव्यप्रति कडा शब्दमा आपत्ती जनाएको छ । यस्तै बैठकले प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल भएको निश्कर्षसमेत निकालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline