अध्यक्ष महतोको चेतावनी ‘नेपालमाथि अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीको खतरा’

अध्यक्ष महतोको चेतावनी ‘नेपालमाथि अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीको खतरा’

  • शुक्रबार, चैत्र १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

विराटनगर, चैत्र १९
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालमाथि अब अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दी लाग्ने खतरा रहेको चेतावनी दिएका छन् । विश्वका सबै शक्ति राष्ट्रहरूले नेपालमाथि आर्थिक नाकाबन्दी गर्न सक्ने उनको चेतावनी छ ।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेपालको संविधानमा भारत, अमेरिका, बेलायत, संयुक्त राष्ट्र संघलगायतले पहिले नै गरिसकेको भन्दै महतोले भर्खरै २४ राष्ट्रको संगठन युरोपियन युनियनले असहमति जनाइसकेकाले अब नेपालमा भारतबाट मात्र नभएर अन्तर्राष्ट्रिय रूपमा नै आर्थिक नाकाबन्दीको खतरा रहेको दाबी गरे । एकदिन अघि मात्र नाकाबन्दी गर्नु अघि धेरै सोच्नु पर्ने बताएका महतोले कुरा फेर्दै पुनः नाकाबन्दीको संकेत दिएका हुन् ।

पार्टीको विस्तारित बैठकले गरेका निर्णयबारे जानकारी दिन विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा महतोले बन्द हड्ताल नहुँदा सरकार गम्भीर नभएका कारण बैशाखदेखि गरम आन्दोलन गरिने जानकारी दिएका थिए । यद्यपि नाकाबन्दी गर्दा सरकारलाई दबाब पर्नुको साटो जनताले दुःख पाएको भन्दै उनले नाकाबन्दी गर्नुअघि धेरै सोच्नु पर्ने बताएका उनले एकदिन पछि अन्तर्राष्ट्रिय आर्थिक नाकाबन्दीको संकेत गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ