मन्त्रिपरिषदको बैठक जारी

मन्त्रिपरिषदको बैठक जारी

  • शुक्रबार, चैत्र १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ १९ चैत्र ।
मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको व्यस्तताका कारण हिजो स्थागित भएको बैठक आज बोलाइएको हो ।

सिंहदरबारमा जारी बैठकमा भारत र युरोपियन युनियन इयुले नेपाल मामिलामा दिएको संयुक्त वक्तव्यका विषयमा छलफल भइरहेको बताइएको छ ।

आजको बैठकले भारत इयुको संयुक्त वक्तव्यका सम्बन्धमा आधिकारिक धारणा तय गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार चेतन अधिकारीले जानकारी दिनुभयो ।

ब्रसेल्समा सम्पन्न भारत इयुको शिखर सम्मेलनपछि जारी संयुक्त वक्तव्यमा नेपालको नयाँ संविधान अपूर्ण रहेको आशय सहित समयसीमा भित्र विवादित विषय मिलाउन भनिएको छ ।

उक्त वक्तव्य नेपालको आन्तरिक मामिला माथिको ठाडो हस्तक्षेप भएको भन्दै पराराष्ट्रमन्त्रालयले यसअघि नै कडा आपत्ती जनाइसकेको छ ।

यस्तै प्रधानमन्त्रीको हालै सम्पन्न चीन भ्रमण, भूकम्पपछिको पुनर्निर्माण कार्य र मन्त्रालयका बिभिन्न एजेण्डाबारे पनि आजको बैठकमा छलफल हुने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ