एसएलसी परीक्षामा आज अनिवार्य नेपाली विषयको परीक्षा हुदै

एसएलसी परीक्षामा आज अनिवार्य नेपाली विषयको परीक्षा हुदै

  • शुक्रबार, चैत्र १९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ, १९ चैत्र ।

यस वर्षको एसएलसी परीक्षाको दोस्रो दिन आज अनिवार्य नेपाली विषयको परीक्षा हुदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । यसअघि हिजो पहिलो दिन अनिवार्य अंग्रजी विषयको परीक्षा भएको थियो ।

परीक्षामा ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ । जस अन्तरगत नियमित तर्फ चार लाख ५२ हजार आठ सय ८१ तथा आंशिकतर्फ एक लाख ५९ हजार चार सय १७ जना रहेका छन् ।

यस्तै प्राविधिक तर्फ तीन हजार दुई सयजना परीक्षार्थी सामेल छन् । आगामी चैत्र २९ गतेसम्म सन्चालन हुने परीक्षाका लागि देशभर एक हजार ९ सय ४३ वटा केन्द्र निर्धारण गरिएको छ ।

परीक्षालाई मर्यादित र निष्पक्ष बनाउन केन्द्राध्यक्ष, निरीक्षक, सुरक्षाकर्मी सहित जम्मा ७२ हजार ८ सय ९६ जना जनशक्ति खटिइएको परीक्षा नियन्त्रक विष्णुप्रसाद काप्रीले जानकारी दिनुभयो ।

यसअघि हिजोको परीक्षा शान्तिपूर्ण रुपमा सम्पन्न भएको दावी गरेपनि विभिन्न केन्द्रबाट ९ जना निरिक्षक निस्कासित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी